डिआइजी रमेश खरेलको नाम लिएर युवतीमाथि तीन महिनासम्म बलात्कार !

डिआइजी रमेश खरेलको नाम लिएर युवतीमाथि तीन महिनासम्म बलात्कार !

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

१८ साउन,दोहा । आफूलाई डिआईजी रमेश खरेलको साथ रहेको भन्दै एक जना नेपालीले कतारमा तीन महिनासम्म एक युवतीलाई यौन शोषण गरेका छन् । उनले अाफू खरेलको साथी भन्दै दायाँबायाँ गरे ज्यान खतरामा भएको भन्दै यौन शोषण गरेका हुन् ।

चितवनको कोकाकोला नजिक घर भएका टेकराज गोतामेले वैदेशिक रोजगारीको क्रममा कतार पुगेकी एक युवतीलाई तीन महिनासम्म आफ्नै कोठामा राखेर यौन शोषण गरेका थिए । यहाँस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका गोतामेले फेसबुकमा ‘जेकीचेन’ नाम राखेका छन् ।

गोर्खा घर भएकी एक युवतीलाई आफुसँग दुईओटा पेस्तोल भएको, सेना, प्रहरीको उच्च अफिसरको साथ रहेको भन्दै ती युवतीलाई धम्की दिँदै यौन शोषण गरेका थिए । स्टाफ नर्स पास गरेर कतार पुगेकी ती युवतीलाई उद्दारको लागि नयाँ शक्ति कतारका संयोजक बिबि खरालले पहल गरेका थिए ।

जेकीचेनको सम्पर्कबाट भागेपछि युवतीलाई मार्ने धम्की दिएका थिए भने यौन शोषणको केस उठाएपछि खराललाई समेत ज्यान मार्ने धम्की दिएका थिए । नयाँ शक्तिको साधारण सदस्यता मात्र लिएका जेकीले संगठनको अनुशासन तोडेको भन्दै खरालले कारवाही गरेके थिए । पीडित युवतीले जेकीले अाफूलाई बलात्कार गरेको भन्दै नयाँ शक्तिका उजुरी दिएकी थिइन् ।

जेकीचेनले अश्लील रुपमा युवतीलाई यसरी फेसबुकमार्फत गाली गरेका थिए 

गोतामेले १ लाख २० हजार तलब मिलाइदिने भन्दै सेटिङमा भिषा निकालेका पीडित युवतीलाई यहाँ पुर्‍याएका थिए । कतरा आउँदा गोतामेले १ लाख ८० हजार समेत असुल गरेका थिए । नयाँ शक्तिको पहलमा ती युवतीलाई एक होटलमा काममा लगाईदिएको थियो । ज्याकी चेनले युवतीलाई फेसबुक, भाइबरमा र कल गरेर ज्यान मार्ने धम्की दिँदै आएका छन् । उनले अश्लील शब्दमा गाली गरेका छन् ।

नयाँ शक्तिका केन्द्रीय सदस्य कमल घिमिरे र प्रवक्ता ध्रुब क्षेत्रीको आफू दायाँ बताउँदै आएका ज्याकी चेनविरुद्ध परेको उजुरीबारे बुझ्न जाँदा खराल र संगठन विभाग प्रमुख लाल भट्टलाई नेताहरु लगाएर पार्टीबाटै निकालि दिने धम्की दिएका थिए ।

युवतीले आफूलाई यौन शोषण गरेको भन्दै नयाँ शक्तिलाई दिएको उजुरी प्राप्त भएको छ । उनले २०१६ अन्तिमदेखि २०१७ मार्च अन्तिमसम्म आफुलाई शारीरिक र मानसिक यातना दिएको उल्लेख गरेकी छन् ।

गोतामेको यौनकाण्डको ढाकछोप गर्न नयाँ शक्तिका नेताहरुले कतारका संगठनका विघटन गरेको कतारस्थित नयाँ शक्तिका नेताहरु बताउँछन् । गोतामे र नयाँ शक्ति कतारका प्रवक्ता ध्रुब दुबै जना तत्कालिन शाही सेनाका भगौडा सिपाही हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ