मुलुककै सबैभन्दा सफा सहर धनकुटा , इलाम दोस्रो

मुलुककै सबैभन्दा सफा सहर धनकुटा , इलाम दोस्रो

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

इलाम, साउन १८ ।
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् ।

प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।

आव २०७३र७४ को वार्षिक कार्यक्रमअनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताउनु भयो ।

इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।

यसैबीच, सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ । इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी