ओखरपौवामा फोहोर फाल्न अवरोध

ओखरपौवामा फोहोर फाल्न अवरोध

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

 

नुवाकोट, १८ साउन । नुवाकोट ओखरपौवामा काठमाडाँै उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पु¥याएका छन् । वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडाँै महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् ।

स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पु¥याएका हुन् ।

यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताउनुभयो । “हाम्रो माग धेरै भए पनि तत्कालको लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छाँै,” वडा अध्यक्ष बज्रगाईंले भन्नुभयो “अब यसको विकल्प खोज्नको लागि समेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ ।”

अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच प्रयास शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी