काठमाडौं, साउन १८।
खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । गएराति देखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
अब ग्यास प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ पर्नेछ । ग्यासको भाउ घटाए पनि अन्य पेट्रोलियम पदार्थको भाउ भने नघटेको निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटबढ भएकाले नेपालमा सोहि अनुसारको मूल्य समायोजन गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline