बिदेशबाट फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै !

बिदेशबाट फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै !

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् ।

उनको विवाह भएको १३ वर्ष भयो । श्रीमती, एक छोरा र दुई छोरीका पिता बाबुराम बिदा सकेर हरेक वर्ष खुसीखुसी काममा फर्किन्थे । तर, यसपटकको उनको यो बिदा निकै पीडादायी रह्यो ।

नौमहिने दुधेबालक छोडेर श्रीमतीले घर छाडेपछि बाबुरामको बिदा पीडादायी भएको हो ।

बाबुरामका अनुुसार श्रीमती बिना बैंकबाट चार लाख रुपैयाँ निकाल्ने भन्दै तीन दिनअघि घरबाट सदरमुकाम तम्घास गएकी थिइन् । तर आजसम्म उनको अत्तोपत्तो छैन ।

बाबुरामका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि खातामा छैन । बिनाले घरमा भएको लैनो भैसी, तीनवटा बाख्रा पनि बेचिसकेकी थिइन् । ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थी,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझ्दा१९ लाखमा एक रुपैयाँ छैन ।’

पछि गाउँमा बुझ्दा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैको हल्ला छ ।’ –नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ