आफ्नै हक, हितबारे आवाज उठाउन नसक्ने पत्रकारले परिवर्तनका लागि केहि गर्न सक्दैन : बस्नेत

आफ्नै हक, हितबारे आवाज उठाउन नसक्ने पत्रकारले परिवर्तनका लागि केहि गर्न सक्दैन : बस्नेत

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१७ साउन ।

सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नै हक, हितका विषयमा आवाज उठाउन नसक्ने पत्रकारले परिवर्तनका लागि केही गर्न नसक्ने बताउनु भयाएको छ ।

नेपाल पत्रकार महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले अरुका समस्याकाबारेमा लेख्ने पत्रकारले आफ्नै विषयमा नबोल्नु बिडम्बना भएको बताउनुभयो ।

न्यूनतम् पारिश्रमिकसमेत नपाउने पत्रकारले केही गर्न नसक्ने भन्दै मन्त्री बस्नेतले आफ्नो कार्यकालमा श्रमजीवी पत्रकारका मुद्दा कार्यान्वयन गर्न प्रभावकारी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । श्रमजीवी पत्रकारमाथि अन्याय भएको आफूले महसुस गरेको उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले आफ्नो अधिकार संरक्षण गर्न सशक्तरुपमा प्रस्तुत् हुन सन्चारकर्मीहरुलाई सुझाव दिनुभयो । उहाँले श्रमजिवी पत्रकारहरुका मुद्दालाई उचित ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले अहिलेपनि पत्रकारले न्यूनतम् पारिश्रमिक र समयमा ज्याला पाउन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कतिपय सन्चारगृहमा बिनानियुक्ति पत्रकारलाई काममा लगाउने गरिएको भन्दै उहाँले श्रमशोषणको अन्त्य हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी