मन्त्रिकै अगाडि कुटिए उपमहानगरपालिकाका अधिकृत

मन्त्रिकै अगाडि कुटिए उपमहानगरपालिकाका अधिकृत

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

जनकपुर ,१७ साउन ।
विकास निर्माणकार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई आज स्थानीयबासिन्दाले कुटपिट गरेका छन् । सहरी विकासमन्त्री प्रभु साहकैअगाडि स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीलाई कुटपिट गरेका हुन् ।

सहरी विकास आयोजनाको कामको अनुगमनकाक्रममा जनकपुरको विद्यापतिचोकमा निरीक्षण गरिरहेकाबेला स्थानीयले निर्माणकार्य गुणस्तरहीन भएको र सहरको सरसफाइमा ध्यान नदिएको भन्दै सुवेदीमाथि हातपात गरेका हुन् । स्थानीयले सुवेदीको लुगासमेत च्यातिदिएका छन् ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृतमाथि कुटपिट भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । मन्त्रीको अनुगमनकाक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु पनि सँगै रहेकाले घटनालाई तत्कालै नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ