किन निश्कर्षमा पुग्न सकेन डा. केसीसँगको वार्ता ? यस्तो छ बास्तविक कारण

किन निश्कर्षमा पुग्न सकेन डा. केसीसँगको वार्ता ? यस्तो छ बास्तविक कारण

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ, १७ साउन ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै ११ औं पटक अनशनमा बस्नु भएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आजपनि वार्ता हुदैछ ।

केसीको माग सम्बोधनका लागि केही दिन यता सरकार र डा. केसीका प्रतिनिधिबीच लगातार वार्ता भएपनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

आज हुने वार्तामा केसीको मुख्य मागका रुपमा रहेको चिकित्सा शिक्षा विधेयकमाथि केन्द्य्रित रहेर छलफल हुने सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि भएको वार्तामा कुनै सहमति जुट्न नसकेपछि आज थप प्रयास गरिने श्रेष्ठले बताउनु भयो । अनशन सुरु गरेको ९ औं दिनसम्म पनि वार्तामा कुनै ठोस सहमति जुट्न नसक्दा डा केसीको स्वास्थ्य अवस्था समेत जटिल बन्दै गएको छ ।

उहाँको शरिरमा पानी र ग्लुकोजको मात्रा घट्दै गएको चिकित्सकहरुले बताएका छन् । डा केसीको निगरानीका लागि चिकित्सकको टोली पारिचालन गरिएको भएपनि अनशन लम्बिदै गएका कारण स्वास्थ्यमा समस्या थपिदै गएको हो ।

यसअघि भएका सहमति कार्यनवयनमा समेत सरकार उदासिन देखिएको भन्दै केसीले यो पटक ठोस सहमति बिना अनशन नतोड्ने अडान लिनु भएको छ । सहमतिका लागि सरकारी पक्ष गम्भिर नदेखिएको भन्दै केसी समर्थक रेजिडेन्ट डकटर्स एसोसिएसनले पनि कडा कदम चालिने चेतावनी दिएको छ ।

यसैबीच डा केसीको समर्थनमा राजधानीको माइतीघर मण्डलामा जारी रिले अनशन आज पनि जारी छ । सोलिडारिटी फर डा. केसी अलाइन्स र विवेकशील साझा पार्टीको अगुवाईमा तीन दिन यता जारी अनशनमा १३ जना सहभागी छन् ।

तत्काल माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित, विगतका सम्झौता कार्यन्वयन तथा विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आइओएममा फिर्ता लगायत माग राख्दै डा केसी गत साउन ९ गतेदेखि ११औँ पटक अनशनमा बस्नुभएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ