निर्मला तिम्सिना /काठमाण्डौ , १६ साउन ।
आगामि साउन २१ गते हुन लागेको नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनका लागि जिम्बा जाङ्बु शेर्पाको प्यानल घोषणा गरिएको छ ।
काठमाण्डौको लैनचौर बैङकेटमा आज पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष सहित १५ सदस्यीय प्यानल घोषणा गरिएको हो ।
जसअनुसार अध्यक्षका उम्मेदवार जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा डा. हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहनुभएको छ ।
आरोही पेशेवरहरुको हक हितलाई बढाउँदै, टुहुरा बालबालिकालाई पढाउने, निमार्णा्धिन अन्तराष्ट्रिय स्तरको भवन पुरा गर्ने तथा हिमाल जोगाउन व्यवसायिहरुको ऐक्यवद्धताको लागि आफुहरुले काम गर्ने अध्यक्षका प्रत्यासि जिम्बा जाङबु शेर्पाले बताउनु भयो ।
एनएमएका पूर्व अध्यक्ष समेत रहनुभएका जिम्बाले पहिलोपटक आफु अध्यक्ष हुदाँ अदालतमा मुद्धा परेकोले धेरै काम गर्न नसकेकोले यो पटक व्यवसायिक हक हितका लागि पहल गर्न पुनः अध्यक्षका लागी उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै वातावरण संरक्षण , सिपमुलक मानव संसाधन र स्तरोन्नति , आरोहण र आरोहीका समस्या समाधान तथा समस्या हल गर्दै त्यसको ब्यावस्थन लगायत का प्रतिबद्धता जनाउनु भएको छ । यस्तै नितिगत पक्षमा पर्वतारोहण सलामि तस्तुर तथ नितिनियम सुधार एवम् पुनरावलोकन समितिलाई एनएमएले दिएको सुझावलाई कार्यान्वयन , नेपालका हिमाल र आरोहणलाइ पहिचान ,आर्थिक स्रोतकाबारेमा बिद्यालय शिक्षामा समावेश गर्न पहल गर्ने लगायतका रहेका छन् ।
पर्वतारोहणको माध्यमबाट नेपालमा पर्यटनको अझ विकास गर्न तथा एनएमएलाई अझ जिम्मेवार बनाउन आफनो उम्मेद्धवारी दिएको महासचिवका उम्मेदवार कुलबहादुर गुरुङले बताउनु भयो । गुरुङ टानका पूर्व उपाध्यक्ष तथा गणेश हिमाल पर्यटन विकास संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्नको लागी आफुहरु तयार रहेपनि एमाले र माओवादी पार्टीले आफना केन्द्रिय सदस्य पठाएर हस्तक्षेप गरेकोले सहमतिय सम्भावना टरेको निट नेपालका अध्यक्ष दिपक महतले बताउनु भयो । १५ सदस्सिय कार्यसमितिमा ७ जना शेर्पाहरुको उम्मेद्धवारी रहेको छ । पर्यटन पत्रकार संघ (जाट नेपाल) का अध्यक्ष देवीप्रसाद पन्त समेत सदस्य पदका लागि उम्मेद्धवार हुनुहुन्छ ।
नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव लड्नेछ ।