करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउने

करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउने

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

इटहरी, १६ साउन ।

वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा पूर्ति गर्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन काम गर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आर्थिक अवस्था सुधारका लागि दृढ भएर काम गर्ने बताउनु भयो ।

मन्त्री विश्वकर्माले प्रदेश नं १ मा हुने उत्पादनलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वी नेपालका किसानले उत्पादन गर्दै आएको अदुवा, रुद्राक्ष, अलैँची, अकबरे खुर्सानी, चिया, कफी, दूधलगायतलाई निर्यात प्रवद्र्धन गर्न सकिने बस्तुको स्तरीकरण एवम् प्रशोधन गर्ने विषयमा विशेष ध्यान दिने उहाँको भनाइ थियो ।

करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउन लागेको भन्दै मन्त्री विश्वकर्माले खुशीसाथ कर तिर्न तयार हुने वातावरण बन्न नसकेसम्म देशले उन्नति गर्न नसक्ने बताउनु भयो । चाँडै नै करदाता सम्मान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्री विश्वकर्माको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी