सेवा सुधारका लागि ठोस कार्ययोजना ल्याउन टेलिकमलाई निर्देशन

सेवा सुधारका लागि ठोस कार्ययोजना ल्याउन टेलिकमलाई निर्देशन

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ,१६ साउन ।

संसदको सार्वजनिक लेखा समितिले सेवा सुधारका लागी तीन महिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाई एक हप्ताभित्र समितिमा पेस गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले बजारमा रहेको प्रतिस्पर्धामा उत्रन लगानी, सेवाको विस्तार, गुणस्तर र प्रतिफलको खाका सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय टेलिकमका ग्राहकको संख्यामा वृद्धि हुँदै गएपनि आय र मुनाफामा वृद्धि नहुँदा वित्तिय अवस्था कमजोर हुँदै गएकाले लागत न्युनिकरण र आय वृद्धि गर्ने योजना बनाई पेस गर्न पनि निर्देशन दिएको छ ।

यस्तै समितिको आजको बैठकले काठमाडौं र पोखरामा सञ्चालन गरिएको फोरजी सेवाको विस्तार अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष निकालेको छ ।

फोर जी सेवा सञ्चालन गर्नका लागि सन २०१६ र सन २०१२ मा आपुर्ति कर्ता कम्पनि एमएस हवाई टेक्नोलोजिजसँग भएको सम्झौता, सम्झौताका शर्तहरु, सम्झौताको रकम र सेवा विस्तारको योजना ७ दिन भित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको समिति सभापति डोर प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

जिएसयम मोबाइल सेवा नपुगेका स्थानमा सेवा विस्तारका लागि टावर निर्माणमा ढिलाई हुनुका कारण र ६ महिनाभित्र टावर निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको कार्ययोजना उपलब्ध गराउन लेखा समितिले टेलिकमलाई निर्देशन दिएको छ ।

पिएसटिएन, सिडियमए र वाई म्याक्सको आम्दानी घट्दै गएकाले ती सेवालाई सस्तो र सुलभ बनाउँदै आय वृद्धि गर्ने लक्ष्य निर्धारण गरी कार्ययोजना समितिमा उपलब्ध गराउन समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले टेलिकमको वित्तिय कार्यसम्पादन र गुणस्तरीय सेवाको आधारमा नेपाल टेलिकमको पदाधिकारीको कार्यसम्पादन मूल्यांकन गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी