समन्वय समितिको प्रमुखमा सार्की निर्विरोध निर्वाचित

समन्वय समितिको प्रमुखमा सार्की निर्विरोध निर्वाचित

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

 

जुम्ला, १६ साउन । जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लालबहादुर सार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको सयुंक्त उम्मेदवारका रुपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

उपप्रमुखमा नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित हुनुभएको छ । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली काँग्रेसका उपप्रमुखसहित तीनजना गरी नौ सदस्यीय समन्वय समिति गठन भएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

यसैगरी, सदस्यमा माओवादी केन्द्रबाट कमल खत्री, नवीन घर्ती, नरेन्द्रबहादुर कठायत, कल्पना दमाई र हिमाली नेपाली र नेपाली काँग्रेसका तर्फबाट जयराज भारती र पुष्पा कुँडारा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा नेकपा माओवादी केन्द्र प्रमुख तीन, उपप्रमुख पाँचगरी आठ, नेपाली काँग्रेस चार प्रमुख र दुई उपप्रमुखगरी छ र नेकपा एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष जित्न सफल भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ