महिला नेतृहरु दलगत एजेण्डा छाडेर एक हुनुपर्छ : बस्नेत

महिला नेतृहरु दलगत एजेण्डा छाडेर एक हुनुपर्छ : बस्नेत

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १६ साउन । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले महिलाको हक अधिकार सुनिश्चित गर्नका लागि सबै महिला एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले महिलालाई स्थापित गराउन चुनौती भएकोले आफ्ना हक अधिकारका लागि पनि पार्टीगत हिसाबले नहेरी सबै महिला संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री बस्नेतले हजारौँ युवा गरिबीका कारण विदेश पलायन हुनुपर्ने बाध्यता भएको बताउँदै स्वदेशमा नै रोजगारी प्रदान गर्नका लागि आफ्नो मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।

पूर्व राज्यमन्त्री मीना पाण्डेले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा महिला सहभागिताका बारेमा सबै महिला सचेत हुनु आग्रह गर्नुभयो ।

महिला संघकी अध्यक्ष उमा रेग्मीले विसं २०४८ देखि महिला हकहितका लागि संघर्ष गरिरहेको बताउनुदै अहिलेको संविधानबाट महिला हक अधिकार पाएको चर्चासमेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ