बाबुरामसँग असन्तुष्ठ हुदै नयाँ शक्ति छाड्ने क्रम रोकिएन : दलित नेताहरुद्वारा सामुहिक राजिनामा

बाबुरामसँग असन्तुष्ठ हुदै नयाँ शक्ति छाड्ने क्रम रोकिएन : दलित नेताहरुद्वारा सामुहिक राजिनामा

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

१६ साउन,काठमाडौं । नयाँ शक्ति भित्रको विवाद झन् चर्कदै गएको छ । पार्टीका प्रवक्ता खिमलाल देवकोटाले राजिनामा गरिसकेका छन् ।

दलित समुदायका एजेण्डाप्रति गम्भीर नभएर अपमान गरेको भन्दै दलित संगठनका संयोजकसहितका नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।

दलित शक्ति नेपालका संयोजक सुशीला श्रीर्पाइलीसहित संगठन विभाग प्रमुख दिपेन्द्र बिक, प्रवक्ता दलमर्दन कामी, प्रचार विभाग प्रमुख गणेश विक, कार्यालसचिव महेन्द्र सुनारसहितका नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।

‘दलित समुदायको सार्थक सहभागिता, प्रतिनिधित्व र उनीहरुको राजनीतिक ब्यबस्थापन हुन नसक्दा नयाँ शक्ति नेपाल पनि पुरानै सामन्ती प्रवृत्तिबाट अछुतो रहन सकेन’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले ‘नयाँ शक्ति पनि पुरानै सामन्ती शैलीमा हिडेको, राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र दलित समुदायका सवालहरु ओझेलमा पर्ने देखिएको हामीले आफ्ना पदबाट सामूहिक राजीनामा दिएका बताएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ