प्याउली हत्याकाण्ड थप रहस्यमय बन्दै, अनुसन्धानका अधिकृत नै बसे लामो घर विदामा

प्याउली हत्याकाण्ड थप रहस्यमय बन्दै, अनुसन्धानका अधिकृत नै बसे लामो घर विदामा

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भोजपुर,१६ साउन ।

भोजपुर जिल्लामा तीन बालबालिका हत्या घटना थप रहस्यमय बन्दै गएको छ ।

भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा भएको बालबालिका हत्याकाण्डबारे अनुसन्धानको जिम्मा पाएका जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायण चौधरी लामो विदामा बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु थालेको भनिएपनि चौधरी विदामा बस्दा पीडित परिवारले घटनालाई ढाकछोप गर्न लागेको शंका गरेका छन् ।

गत असार १२ गते विहान स्थानीय रविन्द्र सापकोटाका १४ वर्षीय रञ्जित सापकोटा, चेतनाथ फुयाँलकी १३ वर्षीय छोरी शुस्मा र ८ वर्षीय प्रदिप फुयाँलको हत्या गरिएको थियो ।

घरबाटै १० गते हराएका उनीहरुको शव १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा भेटिएको थियो ।

एक महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै पीडित परिवारले घटना ढाकछोप गर्न लागेको बताउँदै आएका छन् ।

यसअघि अनुसन्धानमा खटाएका कुकुर सुरक्षाकर्मीको क्याम्पभित्र पस्न खोजेपछि फिर्ता गरिएको बताइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ