जंगलमा फेला परेको शवको पहिचान खुल्यो : हत्याको आरोपमा बाबु र दाजु पक्राउ ,यस्तो छ यस्तो छ हत्याको कारण  

जंगलमा फेला परेको शवको पहिचान खुल्यो : हत्याको आरोपमा बाबु र दाजु पक्राउ ,यस्तो छ यस्तो छ हत्याको कारण  

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

महोत्तरी, १६ साउन । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।
गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।
श्रीमान् घरमा नरहेको समयमा सन्तोलियाले बाहिर अनैतिक सम्बन्ध स्थापित गर्दै आएको र सो सम्बन्धमा परिवारले जति सम्झाउँदा पनि नमानेपछि दाजु र बुबाले नै हत्या गरेको प्रहरीले पाँच दिनको लामो अनुसन्धानपछि पत्ता लगाएकोे प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले बताउनुभयो ।
हरिवन नगरपालिका–५ माइती घर भएकी सन्तोलिया कुमारीको विवाह समाजिक परम्पराअनुसार २०६९ सालमा गौशाला नगरपालिका–२ का विक्रम महतोसँग भएको थियो । मृतकको शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको छ भने मृतकको बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोलाई शनिबार इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएका छन् ।
दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सन्तोलियाको शव साउन १० गते बीच जंगलमा किरा परेको र सडेको अवस्थामा फेला परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ