भरतपुर काण्ड : पुनः मतदान गर्न सर्वोच्चको अादेश

भरतपुर काण्ड : पुनः मतदान गर्न सर्वोच्चको अादेश

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भरतपुर महानगरपालिका १९ को पुनः मतदान वा मतगणना भन्ने विवाद टुंगिएको छ । गत बैशाख १४ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो । मतगणना कार्य अन्तिम चरणमा पुगेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भएको थियो । करिब ६३ दिनको पर्खाइपछि सर्वोच्चका न्यायाधिशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले इजलासले पुनः मतदान गर्न आदेश दिएको हो ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले १९ नं. वडामा पुनः मतदान गर्न चितवनका निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । तर, एमालेका सोही वडाका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चामा रिट निवेदन दायर गरेका थिए । त्यतिबेला उनको रिटमाथि फैसला गर्दै सर्वोच्चका न्यायाधिश चोलेन्द्र शम्शेर जवराले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । यता मतपत्र च्यातिएपछि निर्वाचन आयोगको पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० अनुसार निर्णय गरेको थियो ।

मतपत्र कसले च्यातेको भन्ने विषयमा एमाले र माओेवादीले एकआपसमा आरोपप्रत्यारोप गरिरहेका छन् । तर, प्रहरीले मतपत्र च्यातेको अभियोगमा माओवादीका मतगणना प्रतिनिधि द्रोर्ण शिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । अहिले उनीहरु रिहा भइसकेका छन् ।

भरतपुर महानगरमा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य रेणु दाहाल र एमालेका नेता देवी ज्ञवालीबीच चर्को प्रतिस्पर्धा भइरहेको थियो । सुरुमा ज्ञवालीले करिब ४ हजारको मतान्तरले अग्रता लिइरहेका थिए । १९ नं. वडाको मतगणना गर्नु पहिले रेणुले मतान्तर घटाएर ७८४ मा झारेकी थिइन् । अन्तिम २० नं. वडाको मतगणना सम्पन्न भएपछि देवी र रेणुमा कसले महानगर हाँक्छन् भन्ने विषयमा छिनोफानो हुँदै थियो तर १९ नं. वडाको मतगणना सम्पन्न हुँदानहुँदै मतपत्र च्यातिएर नयाँ बखेडा निस्किएको थियो ।

नया पत्रिका बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ