सरकार र केसी पक्षबीच आज तेस्रो पटक वार्ता हुँदै

सरकार र केसी पक्षबीच आज तेस्रो पटक वार्ता हुँदै

  • आइतवार, साउन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज तेस्रो पटक वार्ता हुँदैछ । हिजो भएको दोस्रो वार्ता अनिर्णित बनेपछि आज अपरान्ह ४ बजेका लागि पुन वार्ताको तयारी भएको सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले बताउनुभयो । चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित त्रिवि शिक्षण अस्पताल हाताभित्र ७ दिनदेखि अनसनरत डा. केसीको मागबारे सरकारी टोलीले ठोस जवाफ दिन नसक्दा पहिलो वार्ता झैं हिजोको वार्ता पनि निष्कर्षविहिन भएको थियो ।
चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा. केसीको मुख्य माग भएपनि सरकारी वार्ता टोलीले संसदमा रहेको विधेयक आफ्नो क्षेत्राधिकार बाहिर रहेको बताइरहेको छ । यसैबीच डा. केसीको समर्थनमा माइतीघर मण्डलामा रिले अनसन सुरु भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. केसीको समर्थनमा हिजो रिले अनसन घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ