क्षेत्र निर्धारण आयोगद्धारा ४ न. प्रदेशमा सुझाव संकलन : कास्कीमा ४ निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी

क्षेत्र निर्धारण आयोगद्धारा ४ न. प्रदेशमा सुझाव संकलन : कास्कीमा ४ निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पोखरा, १४ साउन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रदेश नम्बर–४ मा राय–सुझाव संकलन गरेको छ । आयोगका सदस्य प्रा.डा. विश्वकल्याण पराजुली नेतृत्वको टोलीले त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरुसँग परामर्श गरेको हो । ४ नम्बर प्रदेशका ११ जिल्लामा २४ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।

आज कास्कीको पोखरामा भएको कार्यक्रममा सहभागीहरुले जनसंख्या र भूगोललाई मुख्य आधार मानी संघीय र प्रदेश सभाका सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् ।

जनसंख्यालाईमात्र हेरेर क्षेत्र निधारण गर्दा हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्लालाई अन्याय हुने भन्दै जनसंख्यालाई ५१ र भूगोललाई ४९ प्रतिशत आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिए सबैलाई मान्य हुने सहभागीको धारणा थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कास्कीमा यसअघि निर्धा्रित् ४ क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी दिनुभयो ।
उहाँले आयोगले हिमाल, पहाड र तराईमा कति क्षेत्र रहने हो भन्नेबारेमा कुनै कार्य्विधि नभएको टिप्पणी गर्दै त्यस क्षेत्रको लागि सम्पूर्ण आधार पर्याप्त रहेको उल्लेख गर्नुभयो ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य डा पराजुलीले सहभागीबाट प्राप्त महत्वपूर्ण राय, सुझाव र परामर्शले निर्वाचन क्षेत्र निर्धारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले दिएको २१ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले यस अवधिमा रातदिन खटेर तोकिएकै समयमा आयोगको मापदण्डभित्रै रहेर प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ