काठमाडौँ, १४ साउन ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ६ दिनयता अनसनरत डा. गोबिन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच अहिले वार्ता भईरहेको छ ।
यसअघि हिजो भएको वार्तामा चिकित्सा शिक्षा ऐन पारितका बिषयमा सहमती नभएपछि आजका लागी सारिएको थियो ।
डा. केसी पक्षका प्रतिनिधिले ऐन पारितका लागी सरकारले प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिएपनि ११ बुँदे मागका अन्य बिषयमा भने दुबै पक्ष सहमति नजिक पुगेका छन् ।
माथेमा प्रतिवेदनअनुसार आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुनुपर्ने डा. केसीको ११ औं अनशनको मुख्य माग रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline