काठमाडौँ, १४ साउन ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताउनु भक्एो छ ।
भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उहाँलेनेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गर्नुभयो ।
जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उहाँले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने छ भन्नुभयो ।
अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गर्नुभयो ।
पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो ।