काठमाण्डौ ,१४ साउन ।
त्रिभुवन बिश्वबिद्यालयका आङगिक क्याम्पसहरुमा कार्यरत आशिंक प्राध्यापकहरुले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
गत मंगलबारबाट त्रिविका उपकुलपतिको कार्यलय अगाडि रिले अनसन सुरु गरेका उनीहरुले सरकारले कुनै पहल नगरेको भन्दै अझै आफुहरुका मागप्रति बेवास्था गरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
रिले अनसन अआगामि २२ गतेसम्म जारी रहने संघका सहअध्यक्ष नरेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्रिविको ६० वटा आंङगिक क्याम्पसमा अध्यापन गराउने १ हजार २ सय बढी प्राध्यापकहरुले बौद्धिक शोषण भएको भन्दै आफुहरुलाई करार नियुत्ति गरिनुपर्ने माग अघि सारेका छन् ।
यसैबीच आन्दोलनरत आंिशक प्राध्यापकहरुको माग सम्बोधनका लागी त्रिविले तीन सदस्यीय समिति गठन गरिसकेको छ । उक्त समितिले उनीहरुको माग सम्बोधन र दिर्घकालिक समस्या समाधानका लागी काम पनि सुरु गरिसकेको समितिका संयोजक टेकनाथ ढकालले जानकारी दिनुभयो ।
समितिले अहिले निकायगत , बिषयगत आशिंक प्राध्यापकको एकिन सङख्या तयार गर्ने काम सुरु गरिसकेको छ ।