काठमाडौँ, १४ साउन ।
चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज पुनः वार्ता हुदै छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा हुने वार्तामा डा. केसीका माग सम्बोधनका बारेमा छलफल हुने छ । यद्धपि वार्ताको समय भने तय नभएको डा केसिका प्रतिनिधि डा सुमन सापकोटाले जानकारी दिनुभयो ।
यसअघि हिजो भएको वार्तामा चिकित्सा शिक्षा ऐन पारितका बिषयमा सहमती नभएपछि आजका लागी सारिएको सरकारी वार्ता टोलिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त ऐन संसदको अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यसमा आफुहरुले सहमती गर्न नसक्ने सरकारी वार्ता टोलीले अडानका कारण पहिलो दिनको वार्ता निश्किर्षबिहिन बनेको थियो । मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी आज पुनः वार्ता गरिने जनाएको छ ।
यसैबीच अअनसनको छैठौ दिन डा. केसिको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । हिजो साझ देखि केसीको मुटको चालमा समस्या देखिनुका साथै शरिरमा पानीको मात्रा कम भएको डा. सापकोटाले जानकारी दिनुभयो ।
डा केसीलाई अनसन बसेको चौथो दिनदेखि नै चिकित्सकको निगरानिमा राखिएको छ ।
यता डा केसीको समर्थनमा सोलिडारिटि फर डा. केसि एलायन्स , विवेकशील साझा पार्टी लगायतले आज दिउसो काठमाण्डौको माईतिघरमा प्रदर्शन गर्न लागेका छन् ।