काठमाडौंकै स्कुलबाट बालक बेपत्ता

काठमाडौंकै स्कुलबाट बालक बेपत्ता

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं: काठमाडौंको एक स्कुलबाट दिनदहाडै बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्।

हराएका बालकका आफन्तले आफ्नो बच्चा अपहरणमा परेका हुन सक्ने आशंका गरेका छन् । स्कुल छुट्टीभएपछि अभिभावक कुरिरहँदा विशाल एक्कासी त्यहाँबाट बेपत्ता भएका थिए। प्रहरीका अनुसार स्कुल छुट्टी भएको पाँच मिनेटपछि विशालका बुबा विजय त्यहाँ पुगेका थिए । विजयले आफ्नो बच्चा खोज्दा नभेटेपछि विशाल हराएको थाहा भएको थियो।

‘अभिभावक कुरिरहेका विशाल कतिबेला बाहिर गए भन्ने स्कुलले पत्तै पाएनछ । छुट्टी भएपछि अभिभावकले आआफ्ना बच्चा लिएर गईरहेका थिए। त्यति नै बेला विशाल त्यहाँबाट निस्किएको देखिन्छ ‘, घटनाको अनुसन्धान गरिरहेका प्रहरी भन्छन्।

सरस्वती बोर्डिङ स्कुलका प्रिन्सिपल सुमन मल्लले आफ्नो विधार्थी बेपत्ता भएको स्विकार गरे। ‘हिजोदेखी हाम्रो विधार्थी वेपत्ता भईरहेका छन्। स्कुल छुट्टी भएपछि अभिभावकले लिन आउनु अघि नै बच्चा स्कुलबाट निस्किएको देखिन्छ’, प्रिन्सिपल सुमनले भने । स्कुलभित्र सिसीटिभी जडान गरिएकाले प्रहरीले फुटेजको अध्ययन गरेर अनुसन्धान गरिरहेको छ।

सुमन भन्छन् , ‘विशालको हाउभाउ र हिँडाई हेर्दा उनी चिनेकै मान्छे देखेर बाहिर निस्किएको देखिन्छ।’ अपहृत बालकका बुबा विजय असनमा भाँडाकुँडा सम्बन्धी ब्यापार गर्दै आएका छन्। कपिलबस्तु घर भएका विजयले बालक अपहरण भएलगत्तै सोह्रखुट्टे प्रहरीमा उजुरी गरेपनि बालकको बारेमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन।

अन्नपूर्ण पोष्ट डटकमबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ