अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाको अभियान

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाको अभियान

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १३ साउन । मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको पाटाले पहिलो पटक ‘स्क्याण्डिभिएन कन्ट्री’ नर्वे जर्मन, डेनमार्क, फिनल्याण्ड, स्वीडेनलगायत देशमा ‘सेल्स मिसन’ चलाउने तयारी गरेको हो ।

त्यस्तै पर्यटकीय सम्भावना बोकेका चीन, युरोप, अमेरिका, रसियालगायत मुलुकमा पाटाको प्रवद्र्धनात्मक अभियान विस्तार गर्ने योजना छ । नेपालमा पर्यटकीय सम्भावना बोकेका मुलुकबाट सेवाग्राही ‘पोटेन्सियल क्लाइन्ट’ भित्र्याउने उद्देश्यले पाटाले फरक किसिमको ‘सेल्स मिसन’ लैजाने योजना बनाएको पाटाको प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले राससलाई बताउनुभयो । उहाँका अनुसार यस्तो कार्यक्रम सन् २०१८ मा गर्ने तयारी छ ।

पाटाले आफ्ना च्याप्टर रहेका मुलुकमा हरेक वर्ष ‘पाटा ट्राभल मार्ट’ गर्दै आएको छ । एक–अर्का देशका व्यवसायीबीच व्यापार आदानप्रदान गर्ने उपयुक्त माध्यमका रुपमा मार्टलाई लिइन्छ । पाटा ट्राभल मार्टको ४० औँ संस्करण आगामी भदौमा मकाउमा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी