सात प्रदेश र काठमाडौँ उपत्यकामा आठ पृतना स्थापना गरिने

सात प्रदेश र काठमाडौँ उपत्यकामा आठ पृतना स्थापना गरिने

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १३ साउन ।

रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै सात प्रदेश र काठमाडौँ उपत्यकामा आठ वटा नेपाली सेनाको पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिनुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढेको बताउनु भएको हो ।

नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने पनि बताउनुभयो ।

सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै मन्त्री प्रधानले मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको स्पष्ट गर्नुभयो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराउँदै रक्षामन्त्री प्रधानले दुई चरणको स्थानीय तहको निर्वाचनपछि चुनाव भाड्ने र हुन नदिने पक्षले चुनावमा भाग नलिँदाको क्षति बुझिसकेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ