परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन : मन्त्री साह

परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन : मन्त्री साह

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पर्सा, १३ साउन । शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गर्नुभएको छ ।

एसियाली विकास बैंक(एडिबी)द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)को मन्त्री साहले आज स्थलगत अनुगमन गर्नुभयो ।

मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी कार्यालयको आपसी समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको बताउनुभयो । विकास निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि सरकारी कार्यालयका अधिकारीबीच समन्वयको कमी र ठेकेदारको बदमासीले निर्माण समयमा पूरा हुन नसकेको मन्त्री साहले गुनासो गर्नुभयो ।

ठेक्का लिने र विभिन्न बहाना बनाई समयमा काम पूरा नगर्ने ठेकेदार तथा कामको निगरानी गर्ने जिम्मा पाएको सरकारी अधिकारीसमेतलाई कारबाहीको दायरामा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री साहले आइसिपीको निर्माणलाई तीव्रता दिई सन् २०१७ नोभेम्बरभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । जग्गाको मुआब्जा विवादलाई चाँडै हल गरी सडक निर्माणलाई गति दिइने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी