अनसनरत डा.केसीको माग सम्बोधनका लागि ३ सदस्यीय वार्ता टोली गठन

अनसनरत डा.केसीको माग सम्बोधनका लागि ३ सदस्यीय वार्ता टोली गठन

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं , १२ साउन ।

सरकारले चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औं पटक आमरण अनशनमा बस्नुभएका प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अनशनको चौंथो दिन डा. केसीको माग सम्बोधनमा सरकार गम्भीर नभएको चौतर्फी आलोचना पछि आज माग सम्बोधनका लागि समिति गठन गरेको हो ।
प्रधानमन्त्री कार्यालय, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली गठन गरेको हो ।

विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकमै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको जानकारी गराउँदै समिति गठनको प्रस्ताव गर्नु भएको थियो ।

यस्तै, आजको मन्त्रिपरिषद्ले २५ जिल्लाका तीन लाख ९१ हजार आठ सय ३१ घरपरिवारलाई गरिब परिचय वितरण गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ