उपत्यकाको सडकका खाल्डा छिटो पुर्न निर्देशन

उपत्यकाको सडकका खाल्डा छिटो पुर्न निर्देशन

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, साउन १२ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज उपत्यकाको सडकका खाल्डा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ ।

कार्यालयको नेतृत्वमा आज बिहान नयाँबानेश्वर–पुरानो बानेश्वर–गौशाला–चाबहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनकाक्रममा चाबहिलमा १० ओटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।

बौद्धको सडकमा थप सुधार गर्नुपर्ने आवश्यकता देखिएकोले कम हिलो भएको ढुंगा, गिट्टी राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनालगायत सरोकार भएका कार्यालयलाई निर्देशन दिइएको उहाँले बताउनु भयो ।

यस्तै चाबहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायणगोपाल चोक–गोल्फुटारसम्म, नारायणगोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायणगोपाल चोकबाट महाराजगन्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म अनुगमन गरेको थियो ।

अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो ।

उपत्यकाका सडकमा खाल्डा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

८ मिटर चौडाभन्दा ठूला खाल्डा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयले पुरिरहेका छन् । चौडाइमा ८ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ