लमजुङ, साउन १२ । कास्की र लमजुङको सिमानामा बग्ने रुदीखोलामा यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु भएको छ भने एकजनालाई खोलाले बगाएको छ ।बस पुल भाचिएर खोलामा खसेको जनाईएको छ ।
मृतकको सनाखत भइसकेको छैन । खोलाले बगाएको व्यक्तिको अवस्था अज्ञात छ ।
पोखराबाट लमजुङको बालुवाबेसी आउँदै गरेको ना५ख ६३९५ नम्बरको बस आज दिउँसो रुदीखोलाको पुलबाट खसेको हो ।
दुर्घटनामा परी २६ जना घाईते भएका छन् । जसमा ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको पोखराको तालबेसी र लमजुङको भोर्लेटारबाट गएको प्रहरी, स्थानीय मिलेर उद्धार गरिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline