भन्सार कार्यालय गड्डाचौकीले गर्यो चौबीस करोड राजश्व संकलन

भन्सार कार्यालय गड्डाचौकीले गर्यो चौबीस करोड राजश्व संकलन

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भीमदत्तनगर, १२ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताउनुभयो ।
आव २०७२÷७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी