कर्णाली नदीको तटबन्ध भासिन थालेपछि आसपासका दर्जनौं गाउँ जोखिममा

कर्णाली नदीको तटबन्ध भासिन थालेपछि आसपासका दर्जनौं गाउँ जोखिममा

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ,१२ साउन ।
बर्दिया र कैलालीको सिमाना राजापुरमा कर्णाली नदीको तटबन्ध भासिन थालेपछि आसपासका दर्जनौं गाउँ जोखिम परेका छन् । लगातारको वर्षासँगै कर्णाली नदी बढेपछि कर्णाली पुलको उत्तरपूर्वी तटबन्धमा क्षति पुगेको हो ।

नदीले तटबन्धका तारजाली बगाउनुका साथै एक सय मिटरभन्दा बढी तटबन्ध भासिएको राजापुर नगरपालिका प्रमुख शिव चौधरीले जानकारी दिुभयो ।

तटबन्ध भासिएसँगै नदीले धार परिवर्तन गर्न थालेको र तत्काल तटबन्ध मर्मत नगरिए नदी पुल बाहिरबाट बग्न सुरु हुने बताइएको छ ।

नदी किनारमा रहेका मुक्त कमैयाहरुको बस्ती सबै भन्दा बढी जोखिममा रहेको चौधरीले बताउनु भयो । नदीमा पानीको सतह बढदै गएको र धार परिवर्तन हुनासाथ तटबन्ध पूर्णरूपले भत्किने देखिएको छ ।

हुलाकी मार्ग आयोजना प्रमुख सौरभ वज्राचार्यले तटबन्ध भासिँदै गएको जानकारी पाएपछि प्राविधिकलाई अवलोकनका लागि पठाएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ