धादिङ, साउन १२ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित बिहानी पेट्रोल पम्प नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रिपर खसेको छ ।
बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
ट्रिपरमा सिद्धलेख कुम्पुर का ३२ वर्षिय चालक सागर दमाई र सह चालक २१ वर्षीय भोजराज थपलिया बाहेक अन्य कति जना सवार थिए भन्ने खुलेको छैन । ट्रिपर सँगै चालक र सह चालक दुवै जना नदीमा बेपत्ता भएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा वेपत्ता व्यक्ति तथा ट्रिपरको को खोजी कार्य भइरहेपनि वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline