अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरीले खाए कुटाई,श्रीमतीको नाक भाँचियो 

अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरीले खाए कुटाई,श्रीमतीको नाक भाँचियो 

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भोजपुर, साउन ११ । 

श्रीमान् नभएको बेला अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरी असईले कुटाई खाएका छन् । एक होटलकी सञ्चालिकासँग राति सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत एक असई भेटिएपछि कुटाई खाएका हुन् ।

 राति १२ बजे दुवै जनालाई घरैमा सुतिरहेको भेटेपछि शुक्रबार राति होटल सञ्चालिकाका श्रीमानले कुटेका थिए ।प्रहरी सेवाबाट अवकाश हुन लागेका ती प्रहरी असई होटलमा आउने जाने र सबैसँग परिचित रहेका थिए ।    

दिङ्ला जान्छु भनी हिँडेका श्रीमान् फेरि राति घरमै फर्किएका थिए । घरमा फर्कंदा आफ्नी श्रीमती र प्रहरी सँगै सुतिरहेको देखेपछि दुवैजनालाई उनले कुटपिट गरेका हुन् । कुटपिटबाट श्रीमतीको नाक भाँचिएको छ । असई फुयालको टाउकोमा गम्भीर चोट लागेको छ । श्रीमानको कुटपिटबाट घाइते भएका दुबैलाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए । अर्काकी श्रीमतीसँग सुतेर कुटाई खाएका असईलाई तत्काल हिरासतमा राखिएको थियो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यसँग बुझ्दा घटनाबारे सामान्य हल्ला सुनेका तर त्यस्तो कुनै उजुरी नआएकोले सोधखोज नगरिएको बताउनुभयो ।

उमेर र व्यवहारिक रुपमा बाजे भइसकेका ती असई अर्काको श्रीमतीसँग सुतेपछि उनलाई अहिले हुनु नहुनु भएको छ । कुटपिट गर्ने श्रीमानले प्रहरी कार्यालयमा उजुरी नदिएपछि उन्मुक्ति भने पाएका छन् । ती असईले महिलाको श्रीमानलाई ६ लाख रुपैयाँ पनि तिरेका छन् । प्रहरी असईले गल्ती नदोहो¥याउने सर्तमा सोमबार रकम दिएर मिलापत्र गरिएको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ