विवेशील र साझा पार्टीबीच एकिकरण , ३४ सदस्यीय केन्द्रिय समिति गठन

विवेशील र साझा पार्टीबीच एकिकरण , ३४ सदस्यीय केन्द्रिय समिति गठन

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ , ११ साउन ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकीकरण भएको छ ।
बैकल्पिक शक्तिको रुपमा दावी गर्दै गठन भएका यी दुई पार्टीबीच आज राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी एकीकरणको घोषणा गरिएको हो ।

पार्टी एकीकरणसम्बन्धी सम्झौतामा विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्नुभयो ।

एकीकरण पछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । दुबै पार्टीबाट १७ ÷१७ गरी ३४ सदस्यीय केन्द्रिय समिति समेत गठन गरिएको छ ।

कार्यसमिति बिस्तार गरी ५१ सदस्यीय केन्द्रिय समिति बनाउन सकिने सो पार्टीले जनाएको छ । सामुहिक नेतृत्वका लागी रविन्द्र मिश्र र उज्वल थापालाई सह संयोजक तोकिएको छ । बैठकको अध्यक्षता भने मिश्रले गर्नुहुनेछ ।

महाधिवेशनपछि पार्टीको मुख्य संयोजक तोकिने जनाईएको छ । सामुहिक नेतृत्वका लागी आठ सदस्यीय केन्द्रिय संयोजक समिति पनि गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

पार्टीको चुनाव चिन्ह तराजु रहने पनि जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता मिश्रले समृद्धिको लडाईका लागी पार्टी एकता भएको भन्दै जनताको म्यान्डेड अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै अर्का नेता थापाले आफ्नो पार्टी बैकल्पिक मात्र नभएर नविनतम पार्टी भएकाले अब राष्ट्र निर्माणमा जुट्ने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ