११ वर्षीय बालिकालाई भारत पुर्याएर बेच्ने तामाङ नौ वर्षपछि पक्राउ

११ वर्षीय बालिकालाई भारत पुर्याएर बेच्ने तामाङ नौ वर्षपछि पक्राउ

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नुवाकोट, ११ साउन । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।

काठमाडौँ काममा लगाइदिने भन्दै तामाङले २०६५ साल वैशाखमा सोही स्थान निवासी ११ वर्षीय ती बालिकालाई बिक्री गरेको थियो । ती बालिका हाल नेप्लिज होम संस्थाको संरक्षणमा कक्षा १० मा अध्ययनरत रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताउनुभयो ।

पीडित बालिकाले गत असार १६ गते किटानी उजुरीपछि प्रहरीले तामाङलाई कारबाहीका लागि जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धानका लागि थप म्याद मागेकामा दायरगरेकामा अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा प्रहरी नाायब उपरीक्षक ऋषिराज कँडेलले बताउनुभयो ।

आरोपी मानबहादुरले एक दिन काठमाडाँै होटलमा राखी भोलिपल्ट बस चढाएर मनकामना दर्शन गराएको र त्यसपछि एक अपरिचित महिलाको साथमा काँकडाभित्ता नाका हँुदै कलकत्ता पु¥याएर हल्दियाको कोठीमा बेची फरार भएको पीडित किशोरीले बताइन् ।

बेचिदा ११ वर्षकी ती बालिका हाल २० वर्षकी भइन् । उनी २०६७ सालमा नेपाल फर्किएकी हुन् । कलकत्ताको कोठीमा भारतीय प्रहरी र इन्टरनेशनल जस्टिक मिसन नामक संस्थाले छापा मारी नेपाल फर्काए पनि कलिलो उमेरमा बोल्न र घटनाबारे भन्न डराएका कारण ६ वर्षपछिमात्र उजुरी दिएको उनले जानकारी दिइन ।

सोही घटनामा संलग्न मानबहादुरकी श्रीमती ४१ वर्षीया मेन्दो तामाङ, दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीका प्रेमबहादुर तामाङ र घ्याङफेदीकै नाम नखुलेका अन्य दुईजना फरार रहेको जिल्ला प्रहरी प्रमुख बोहराले बताउनुभयो ।

प्रहरीका अनुसार केही समय अगाडि सोही स्थानबाट २२ वर्षीया सुनुमाया तामाङ र सानुमाया तामाङ हराइरहेको र उक्त घटनाको अनुसनधान गर्दा पुरानोे घटनाका दोषी मानबहादुर फेला परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ