आठवटै स्थानीय तहमा बजेट निकासा

आठवटै स्थानीय तहमा बजेट निकासा

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जुम्ला, ११ साउन । जुम्लाका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको कार्यालय प्रमुख विश्वप्रसाद अर्यालले बताउनु भयो ।

चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, तातोपानीमा रु सात करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा रु सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा रु पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा रु पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा गरिएको छ ।

वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी