दाङ, साउन ११।
सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न दाङको तुलसिपुर बजारलाई आज देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
हर्न निषेधित क्षेत्र घोषणासँगै आज देखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् ।
यसबारे जानकारी दिन बजारका विभिन्न ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तुलसिपुर उपमहानगरपालिका–५ का जनप्रतिनिधिको बैठकले तुलसिपुरको बजार क्षेत्रलाई साउन ११ गतेदेखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline