सामाजिक संजालमा भाइरल यी छात्रा, जसले ढलबाट उद्धार गरिन् !

सामाजिक संजालमा भाइरल यी छात्रा, जसले ढलबाट उद्धार गरिन् !

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, साउन ११ । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् । पानी परिरहेको थियो । सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरीको ढलले हिँड्न सक्ने थिएन ।

पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन् ।

उनीसँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् । उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् ।

उनी पुग्नुभन्दा अघिदेखि नै भलको पानीमा अड्किएका ती मानिस र उनको ह्विलचियरलाई चारैतिरबाट मानिसले हेरिरहेका थिए । तर, कोही ढलको पानीमा छिरेको थिएन । गोले हेरेर बस्न सकिनन् ।

उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका मानिसलाई तान्न अघि सरिन् । ढलको पानीमा ह्विलचियरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए । तर जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले ।

‘तर मैले उहाँले भनेको कुरा मानिनँ । मैले जबरजस्ती ह्विलचेयर समाएर तानेँ,’ गोलेले भनिन् ।

दोलखा मेलुङ गाउँपालिका ४, भेट्पुकी गोले एक वर्षअघि काठमाडौं आएकी हुन् । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ