स्यालले टोक्यो गाउपालिका वडा अध्यक्षलाई , अरु २८ घाईते

स्यालले टोक्यो गाउपालिका वडा अध्यक्षलाई , अरु २८ घाईते

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बझाङ, १० साउन । जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले आतंक मच्चाउन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । बेलुकाको समयमा स्यालले सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्ने गरेको स्थानीयवासी नरेन्द्र खातीले बताउनुभयो । अहिलेसम्म जयपृथ्वी नगरपालिका–४ गोलाईमा मात्र आइतबार साँझपख १५ जनाभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएका छन् ।

यस्तै, जयपृथ्वी नगरपालिका–३ पडेसमा समेत स्यालकै आक्रमणबाट झण्डै ६ जनाभन्दा बढी घाइते भएका छन् । बेलुका ७ बजेपछिको समयमा बाटोमा हिँड्ने बटुवा तथा जो कोही व्यक्तिलाई स्यालले आक्रमण गर्ने गरेको स्यालको आक्रमणबाट घाइते भएका गोलाईका सुशील खातीले बताउनुभयो । सदरमुकाम चैनपुरबाट घरजाने क्रममा स्यालले आफूसँगै रहेका अन्य चार जनालाई समेत आक्रमण गरी सामान्य घाइते पारेको उहाँको भनाइ छ ।

यस्तै, बेलुका सदरमुकाम चैनपुरबाट घर जानेक्रममा जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । घाइते खातीको खुट्टामा टोकेपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको खातीले बताएका छन् ।

यस्तै, पडेसमा रहेको आर्मी ब्यारेकमा समेत डिउटीमा रहेका सैनिकलाई पनि स्यालले आक्रमण गरी घाइते बनाएकोे छ । आइतबारदेखि आजसम्म २८ जनाभन्दा बढी स्थानीयवासीलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीयवासीले बताएका छन् । स्यालको आक्रमणबाट शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सूर्य थापालगायत २८ जनाभन्दा बढी घाइते भएका हुन् ।

बेलुकी ७ बजेपछि बाटोमा हिँड्दा स्यालले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न थालेका छन् । बाटोमा एक्लै हिँड्नसमेत छोडेको स्थानीयवासी नरेन्द्रजङ्ग खातीले बताए । स्यालले स्थानीयवासीमाथि आक्रमण गर्न थालेपछि ७ बजेभन्दा पछि उनीहरु यो बाटो हिँड्न छोडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ