प्रचण्ड र विप्लवका कार्यकर्ताले दले हाकिमलाई कालो मोसो

प्रचण्ड र विप्लवका कार्यकर्ताले दले हाकिमलाई कालो मोसो

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

डोटी ,१० साउन ।माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलेका छन् ।

माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो ।
कार्यालयको गेटमा ताला लगाएर परिसरमा धर्नामा बसेका मुक्त हलियाहरुसंग कुरा गरिरहेको बेलामा एक्कासी आएर ‘कुरा गर्नुछ’ भन्दै कालो मोसो दलेका थिए ।

‘हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सिंहले भने, ‘हाकिम र केही अरु व्यक्तिका कारण फ्रिज हुने निश्चित भएकोले हामीले बाध्य भएर यस्तो गर्नु परेको हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ