डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाल बने ट्राफिक प्रहरी प्रमुख

डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाल बने ट्राफिक प्रहरी प्रमुख

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं , १० साउन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल आएका छन् ।

ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताएका छन् ।

खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका छन्।

उनी हाल नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता छन्।

अहिले ट्राफिक महाशाखाको जिम्मेवारी सम्हालिरहेका डिआइजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक निर्देशानलयको प्रमुख बनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ