सेल्फी मा रम्दै मेयरसाब !

सेल्फी मा रम्दै मेयरसाब !

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ। महान जनयुद्ध र जन आन्दोलान -२ द्ववारा प्राप्त उपलब्दी सघिय गणतन्त्रलाई स्थागत गर्ने क्रममा दुइ दशक देखी जन प्रतीनिधी बिहिन रहेको स्थानिय निकाय स्थागत गर्न र स्थानिय सरकार निर्माण गर्न दुइ चारण गरेर २ नम्वर प्रदेश बाहेक मुलुक भर उत्साह बर्दक रुपमा जन सहभागिता सहित स्थानिय निर्वाचन सम्पन्न भएको छ भने प्रदेश २ को निर्वाचन तेश्रो चारणमा हुने भएको छ ।

सिंहदरवारको केन्द्रीत अधिकार आफ्नै स्थानिय सरकार मार्फत आफ्नै आगनी बाट प्राप्त हुने भए पछी अत्यान्त उत्साहबर्दक रुपमा दुइ निर्वाचन सम्म्पन्न भए भने भरतपुर बाहेक निर्वाचन सम्पन्न सबै ठाउमा स्थानिय सरकार गठन भैसकेको छ । निर्वाचन पूर्व अत्यन्त महोत्वोकाङ्क्षी घोषणा पत्र लिएर जनता समक्ष पुगेका राजनैतिक दल र तीन का उमेद्वार को कार्यसैली निर्वाचित भैसके पछी सिहदर्वारमा रहेका जन प्रतीनिधिको भन्दा खासै भिन्न नदेखिएकोले जनतामा निर्वाचन अगाडी छाएको उत्साह र खुशियालिमा एका एक निरासा छाउन थालेको छ ।

निर्वाचित हुनासाथ आफ्नो तलब भात्ता र मोवायल को बिषयलाई लिएर विबाद मा मुछिएका काठमान्डौ महानगर पालिकाका मेयर बिद्या शुन्दर साक्य तिब्र आलोचना पछी आफुले मोवायल किन्न गरेको निर्णय फिर्ता लिएको भन्दै बिज्ञप्ती निकाल्न समेत भ्याए तर उनिले निकालेको बिज्ञप्ती फगत आलोचना साम्यपार्न मात्र लागु भयो । कतै चुनाब अगाडिको घोषणा कार्यानवयन गर्न र आफुले गरेको प्रतिबद्धता पुरा गर्नोस भन्दै जनता जनप्रतीनिधी भेट्न जादा उल्टै मरणासन्न हुने गरी कुटाइ खाइ रहेका छ्न भने कतै एउटा एम्बुलेन्स सम्म नभएको गाउपालिका मा निर्वाचित जन प्रतीनिधी जनताले एम्बुलेन्स किन्न दिएको दवाबलाई बेवास्ता गर्दै आफै लागी सवारी साधन किन्ने रकम बिनियोजन गर्न लागी परेका छ्न ।

यसरी आफ्नै सुबिधाको लाई प्रथमिकता दिने मा स्थानिय निर्वाचनमा सबै भन्दा बडी स्थान ल्याउन सफल पार्टी ने क पा (ए मा ले ) मार्फत बिजयी जनप्रतीनिधी नै प्राय जसो देखिएका छ्न । पछिल्लो समय “नया मोबायल खरीद भयो आज ” भन्दै आफ्नै फेसबुक मार्फत केहि तस्बिर सार्वजानिक गरेका झापा भद्रपुर नगरपालिका का बिजयी नगर प्रमुख जिबन कुमार श्रेष्ट पनि परेका छ्न ।

बिजय  उत्सवकाको क्रममा घाईते भएका अस्पतालमा उपचार गराउदै

नगरपालिकाको पहिलो निर्णय को रुपमा सामाजिक सुरक्षा भात्ता घर घरमा पुर्याउने भनेर घोषणा गरेका नगर प्रमुखले आफुले अपराध हुने गरी गल्ती नगरेको हुँदा फेसबुकमा आएका प्रतिकृयाको केहि जवाफ नदिएको बनेर झापा बाट प्रकाशित हुने लोकतन्त्र पोष्ट लाई वताएको कुरा लोकतन्त्र पोस्टमा उल्लेख गरीएको छ भने उनिले सामासुङ्ग जे सेभेन प्राइम मोबायल किनेको कुरा निर्धक्क फेसबुक मार्फत वताएको पनि उनिको सेल्फिवाला पोस्ट मा देख्न सकिन्छ उनको पोष्ट आउनासाथ कसैले अनुमान गरेका थिएनान कि उनिले उक्त मोबायल नगरपालिकाकै रकमले किनेका हुन भन्ने तर अन्तत उनि नगरपालिकाकै रकम बाट मोबायल किन्ने नगर प्रमुखमा परीणत भए पछी उनिलाई बिजय गराउने मतदातामा निरासा छाएको देखिएको छ ।

अझै दुखको कुरा त के छ भने उनि बिजय घोषित भए पछी विजय र्याली निकाल्ने क्रममा भएको दुर्घटनाका घाइते अस्पताल मा उपचारको क्रममै छन भने उनि मोबाइल किनेर सेल्फी अपलोड गर्न मा ब्यास्त देखिए लाग्छ कि कुनै सानु नानिलाई दशैमा बुवाले नया लुगा बजारबाट किनेर ल्याइदिनु भयो अनि नानी त्यो लुगा लगाइ गाउभरी रमाउदै छ उसलाई थाहा छैन कि कती रिणगरेर बुवाले ल्याउनु भयो भन्ने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ