काठमाडौं, असार १० ।
गृह प्रशासनको हिरो हुने गरि काम गर्छु भनेर चर्का भाषण गर्ने गृहमन्त्री जनार्दन शर्माको काम भने ठिक विपरित छ । प्रहरीमा जथाभावी दरबन्दी थप्नेदेखि बढुवा गर्ने निर्णयका कारण उनी अलोकप्रिय भइसकेका छन् । त्यसबाहेक पनि उनी नीतिगत भ्रष्टाचारमा समेत संलग्न रहेको भेटिएको छ ।
उनकै प्रस्तावमा गत असार २२ गते बसेको मन्त्रिपरिषद् बैठकले २ करोड घाटा हुने निर्णय गरेको छ । उक्त बैठकले नेपालमा बस्दै आएका शरणर्थीहरुको २ लाख १ हजार ५ सय ५७ अमेरिकन डलर मिनाहा गर्ने निण्र्नय गरेको थियो । यसरी शरणार्थीको भिषा शुल्क मिनाहामा सधैँ चलखेल हुदैँ आएको छ ।
पश्चिमी देश छिर्नका लागि पाकिस्तानलगायत विभिन्न देशका व्यक्तिहरु नेपाल आउने र यूएनएचसीआरमा बस्ने र त्यहाँबाछ पश्चिमी देश जाने गर्दछन् । नेपालमा लामो समय अवैध बस्दा उनीहरुले लाखौँ डलर सरकारलाई बुझाउनुपर्ने हुन्छ ।
तर , यूएनएचसीआरले लबिङ गरेर जरिवाना मिनाहा गराउँछ । त्यसवापत विभिन्न दलालहरुले शरणर्थीसँग पैसा उठाउने धन्दा चल्दै आएको छ । त्यो पैसा अध्यागमनका अधिकारीदेखि गृह मन्त्रालयसम्म पुग्ने गर्दछ । मन्त्री भएको एक महिना नपुग्दै मन्त्री शर्माले २ करोड जरिवाना मिनाहा गरेर राज्यलाई घाटा पुर्याएका छन् । त्यस्तै गृहले आर्थिक सहायता पनि वितरण गर्न थालको छ । उपचार खर्चका लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर सिष्टम बनाएको छ । तर , गृहमन्त्री शर्माले आफ्ना कार्यकर्तालाई छुट्टै पैसा बाँडिरहेका छन् ।
उता शर्माको सचिवालयले भने राम्रो काम गर्न खोज्दा खुटुटा तान्ने प्रवृति रहेको प्रतिक्रिया दिएको छ । बास्तविकता बाहिर आएजस्तो नभएर पूर्वागुहप्रर्ण रुपमा यस्ता गलत अफवाह फैलाउने कोशिष भईरहेको जनाएको छ ।
दृष्टि साप्ताहिकबाट