महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी

महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ , १० साउन ।
अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् ।

महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको राणाले बताइन् । ‘पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, भारतलगायत मुलुकमा महिलाका लागि छुट्टैं बैंक स्थापना गरिएका छन्,’ उनले भनिन्, ‘हामी पनि सोही अवधारणलाई नेपालमा समेत कार्यान्वयन गर्न अग्रसर भएका हौँ ।’

छुट्टै बैंक कि बैंकिङ सेवा मात्रै ?
वित्तीय क्षेत्रमा महिलाको पहुँच बढाउन नेपालमा ‘महिला बैंकिङ’को अवधारणा अघि सारिएको आइएफसीका एक अधिकारीले बताए । यस विषयमा प्रारम्भिक चरणमा नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा भएको र त्यसलाई सहयोग गर्न आफूहरू तयार रहेको उनले जानकारी दिए । तर, यसलाई छुट्टै बैंक भन्न नमिल्ने उनको भनाइ छ । ‘केही देशमा छुट्टै महिला बैंक छन् भने केही देशमा महिला बैंकिङ सेवा मात्रै छन्,’ उनले भने, ‘नेपालमा चाहिँ अहिले भएका वाणिज्य बैंकहरूबाटै महिलालाई सहज ढंगबाट छुट्टै सेवा दिने गरी महिला बैंकिङको अवधारणा अघि सारिएको हो ।’ महासंघले यस विषयमा प्रस्तावपत्र पेस गरेपछि मात्रै कसरी अघि बढ्ने भन्ने तय हुने उनले बताए । महासंघ अध्यक्ष राणाले भने सरकारले चाहेमा छुट्टै महिला बैंक नै स्थापना गर्न सकिने बताइन् ।

कस्तो हुनेछ महिला बैंक ?

महासंघले विद्यमान वाणिज्य बैंकहरू र सरकारसँग समेत सहकार्य गरेर महिला बैंक स्थापना गर्ने तयारी गरको हो । तर, यसको पुँजीगत संरचना कस्तो बनाउने भन्ने विषयमा भने टुंगो लागिनसकेको राणाले बताइन् । ‘अहिले महिला बैंक कसरी स्थापना गर्ने, त्यसको पुँजी संरचना कस्तो हुने भन्नेलगायत विषयमा अध्ययन तथा छलफल भइरहेको छ’ उनले भनिन्, ‘यसको मोडालिटी बढीमा दुई महिनाभित्रै सम्पन्न गरिनेछ ।’

 पाकिस्तान र भारतमा महिला बैंक
दक्षिण एसियाली मुलुकमा कमर्सियल महिला बैंक स्थापना गर्ने पहिलो राष्ट्र पाकिस्तान हो । पाकिस्तानमा १९८९ मै महिला बैंक स्थापना भएको हो । पाकिस्तानका पाँचवटा कमर्सियल बैंकसँगको साझेदारीमा फस्र्ट उमन बैंक (एफडब्ल्युबिएल) स्थापना गरिएको थियो । महिलामा वित्तीय पहुँच बढाउन पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोले उक्त बैंक स्थापना गरेकी थिइन् । भारतमा करिब ४ वर्षअघि महिला बैंक स्थापना भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जन्मजयन्तीको अवसरमा १९ नोभेम्बर २०१३ मा भारतीय महिला बैंक (बिएमबी)को उद्घाटन गरेका थिए ।-नयाँ पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी