बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

 बाग्लुङ, साउन ९ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन् ।

घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ । घाइते सबैलाई ग्रान्डी अस्पतालमा लगिएको जनाइएको छ ।

बाग्लुङको जलजलावाट खर्वाङतर्फ आउँदै गरेको ध१ज १८४ नम्बरको जिप ‘ब्रेकफेल’ भइ सडकबाट करिब ७०० मिटर तल खसेको जनाइएको छ । जिपमा ११ जना यात्री सवार थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ