विराटनगरमा यात्रीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, १९ घाइते

विराटनगरमा यात्रीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, १९ घाइते

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

विराटनगर, साउन ९ ।

विराटनगरको रानी क्षेत्रमा यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।

मलाया रोडको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै को १ ख ४१४ नम्बरको बस आज दुघर्टना हुँदा विराटनगर–१५ का ४२ वर्षीय सञ्जित सिंहको मृत्यु भएको विराटनगर ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक मदन गिरीकाअनुसार दुर्घटनामा परी घाइते भएका सिंहको कोसी अञ्चल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तीव्रगतिमा रहेको बस अनियन्त्रित भइ सडकको बायाँ पेटीमा पल्टिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ