बाग्लुङको बडीगाडमा जीप दुर्घटना, ४ जनाको मृत्यु

बाग्लुङको बडीगाडमा जीप दुर्घटना, ४ जनाको मृत्यु

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं ,साउन ९ ।
बाग्लुङमा आज विहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

रन्सीबाट ग्वालीचौरका लागि छुटेको ध १ ज १८४ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिकामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बडिगाड ५ का मुक्त बहादुर वाइबा, बडिगाड ४ का हुमन काउछा र तुल बहादुर पुन तथा बडिगाड ८ का नारायण शेरभुजाको मृत्यु भएको प्रहरी नायव निरीक्षक विष्णु लम्सालले जानकारी दिनुभयो ।

जीपमा ११ जना रहेकामा एकजना सकुसल छन् भने घाइते सबै ६ जनाको अबस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याउने तयारी भइरहेको बताइएको छ । साघुँरो र कच्ची बाटोमा जीप सडकबाट भीरमा खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ