तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुख ?

तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुख ?

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं ,साउन ९ ।

नेपाल सरकारले नेपाली सेनाको सिफरिसमा केही जर्नेलहरुलाई सरुवा भएको एक महिना पनि नबित्दै सुरुवा हेरफेर गरेको खबर छ । यसरी एक महिना पनि नपुग्दै सरुवा फेरबदल हुनेक दुई तारे जर्नेल (उपरथी) मध्ये सेनाको महत्वपूर्ण विभाग मध्येको एक डीएमआई प्रमुख (सैनिक गुप्तचर प्रमुख) एक महिना नपुग्दै फेर बदल भएका छन् ।

सैनिक स्रोतले दिएको जानकारी अनुसार सेनाको पूर्वी पृतनाबाट २०७४ असार ८ मा नेपाली सेनाको डीएमआई प्रमुखको रुपमा सरुवा गरिएका उपरथी प्रहाल्द थापालाई त्यहाँबाट पनि सरुवा गरिएको छ । थापालाई शिवपुरी स्थित सेनाको कमान्ड तथा स्टाफ कलेजको प्रमुखको जिम्मेवारी दिइएको छ । उपरथी थापा प्रमुख रहेको डीएमआई प्रमुखको जिम्मेवारी भने पोखरामा पृतनापति रहेका उपरथी जगदिशचन्द्र पोखरेललाई दिइएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री अमेरिका र वेलायत भ्रमणको क्रममा लण्डनमा रहेका बेला डीएमआई प्रमुख थापाको सरुवालाई सेनाका अधिकृतहरुले आश्चर्यका रुपमा लिएको बताइन्छ । डीएमआई प्रमुखमा सरुवा भएर आएका उपरथी पोखरेल यसअघि सैनिक प्रवक्ताको रुपमा लामोसमय कार्यरत रहेका थिए । उपरथी पोखरेल नेपाली सेनाका रथीबृन्दहरुमध्ये विवादमा नपरेका, नेतृत्व क्षमता भएका र जिम्मेवारीमा सफल रुपमा परिचित व्यक्तित्व हुन् ।  साँघु साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ