राजपालाई घर दाइजो !

राजपालाई घर दाइजो !

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ९ साउन । सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने थाहा पाउन मधेशी निजामती कर्मचारी मञ्चको व्यवहार हेरे थाहा हुन्छ ।

मञ्चलाई सरकारले निशुल्क जग्गा दिएको थियो संगठनको भवन बनाउनको लागि । त्यसी सरकारी सम्पत्तिमा बनाएको भवन अहिले मञ्चले आफू आवद्ध राजनीतिक दल राजपाको केन्द्रिय कार्यालयका लागि दिँदैछ भन्ने खबर छ ।

बबरमहलस्थित सरकारी जग्गामा रहेको मञ्चको घर साँढे २ तल्लाको छ । त्यसमा रहेको १० वटा कोठामध्ये ८ वटा कोठा राजपाले प्रयोग गर्नेछ । माथ्लिलो तलाको बाँकी दुई कोठामा भने मञ्च आफैले कार्यालय राख्नेछ ।

व्यापारिक प्रयोजनको लागि समेत प्रयोग गर्न नपाइने सरकारी जग्गाको भवन राजनीतिक दललाई प्रयोग गर्न दिन हुने कि नहुने विवाद सुरु भएको छ । त्यसमाथि उक्त भवन राजपालाई निशुल्क दिएको छ । साँघु साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ